काठमाडौं । सधैजसो नागरिकको स्वास्थ्य सेवामा सक्रिय रहने डा. बुद्धिमान श्रेष्ठको परिचय अब डाक्टरमा मात्र सिमिति भएन् ।
कान्तिपुर डेन्टल कलेज शिक्षण अस्पतालका अध्यक्ष समेत रहेका बरिष्ठ दन्त चिकित्सक श्रेष्ठको नयाँ परिचय रुपमा गायक बनेर नेपाली संगीत क्षेत्रमा उदाएका हुन् । डा. श्रेष्ठसँग चर्चित गायिका मेलिना राईले स्वर दिएकी छिन् । ‘‘रेलले तान्यो र, बैगुनि छौ भन्ने कसले जान्यो र’’ बोलको गीतमा बादल घिमिरेको शब्द संगित रहेको छ । 
गीतको भिडियोमा चर्चित अभिनेत्री केकी अधिकारी र चर्चित हास्यकलाकार सागर लम्साल ‘बले’ को दमदार अभियन देख्न सकिनेछ । गीतलाई कृष्ण भान्जाको म्युजिक एरेन्जमेन्ट र श्यावश्वेत रसाइलीले मिक्सिङ गरेको गीतको निर्देशन निकेश खड्काले गरेका हुन् । चिकित्सा कर्म र व्यवसायमा समेत सक्रिय रहेका श्रेष्ठ नेपाली गीतसंगीतप्रतिको माया र गायन सोखका कारण आफू यस क्षेत्रमा आएको श्रेष्ठले जनाए ।
श्रेष्ठको यो पहिलो गीत हो उनको आगामी दिनमा नयाँ गीत लिएर दर्शकसामु आउने समेत बताए । श्रेष्ठको ‘‘रेलले तान्यो र’’ ले माया प्रेममा हुने धोका र पीडा र बैगुनीका बारेको चर्चा गरिएको छ ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
