कोरोना भाइरस : ठुला सभा र सम्मेलन नगर्ने काँग्रेसको निर्णय 

काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले विश्वभर फैलिरहेको कोरोनाभाइरस संक्रमण नेपालमा पनि देखिन सक्ने भन्दै उच्च सतर्कता अपनाउने भएको छ ।

काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले बुधबार पार्टी कार्यालयमा पत्रकार सम्मेलन गरी पार्टी निर्णय सार्वजनिक गरेका हुन् । पार्टीका भेला, सम्मेलन र सभाजस्ता औपचारिक कार्यक्रम अर्को सूचना जारी नहुञ्जेलका लागि स्थगित गरिएको प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए।

Advertisement

बुधबार पार्टी केन्द्रीय कार्यालय सानेपामा पत्रकार सम्मेलन गर्दै प्रचार विभाग प्रमुखसमेत रहेका प्रवक्ता शर्माले भने, ‘सबै तहका भेला, सम्मेलन र सभा अर्को सूचना जारी नहुञ्जेल स्थगित गर्ने निर्णय भएको छ।’ चीनको उहान प्रान्तबाट फैलिएको कोरोना भाइरस ६५ भन्दा बढी देशमा पुगिसकेको छ । विश्व स्वास्थ्य संगठनले नेपाल कोरोनाको उच्च जोखिम मुलुकमा परेको जनाएको छ ।

यो रोगबाट हालसम्म सबैभन्दा बढि चीनका मानिसहरुको मृत्यु भएको छ ।  त्यस्तै, काँग्रेसले कोरोनाबाट सतर्कताका लागि चलाउने अभियानमा सरकारलाई साथ दिने जनाएको छ ।

More News last news
Loading...