काठमाडौं । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा नियमति कार्यकालको अन्तिम दिन ८ जनालाई केन्द्रीय समितिमा मनोनित गर्नुको साथै पार्टीको जेष्ठ राजनीतिज्ञ सभा पनि गठन गरेका छन्। आजै मात्र देउवाले पार्टीका ७ वटा केन्द्रीय विभागको प्रमुख तोकेका थिए।
विवादकै बीच देउवाले फेरि चयन गरे ७ विभागीय प्रमुख, क-कसले पाए जिम्मेवारी ?
विगतमा अन्य राजनीतिक दलको केन्द्रीय नेतृत्वमा रहेका र उक्त राजनीतिक दल परित्याग गरी कांग्रेसमा प्रवेश गरेलाई पार्टीको विधानको धारा ४ (१०) (ग) र (ङ) बमोजिम केन्द्रीय सदस्य र आमन्त्रित सदस्य मनोनित गरको हुन्।
देउवाले सर्लाही जंगीलाल राय र डोल्पा कर्णबहादुर बुढालाइृ केन्द्रीय सदस्य मनोनित गरेका हुन्।
यस्तै कैलालीका मोहनसिंह राठौर सर्लाहीका शम्भुलाल कपिलवस्तुका अभिषेख प्रताप शाह, लम्जुङ्गका दयाराम पाण्डे, डडेल्धुराका जनकराज कलौनी, स्याङ्जाका भूमिबहादुर गुरुङलाई आमन्त्रित केन्द्रीय सदस्यका रुपमा मनोनित गरका छन्।
यस्तै कांग्रेसको नियमावली २०७६ को नियम ५० बमोजिम देउवाले पार्टीका ३० जना अगुवा राजनीतिककर्मीलाई पार्टीको जेष्ठ राजनीतिज्ञ सभाको सदस्यमा मनोनयन गरेका छन्।
यी हुन् जेष्ठ राजनीतिज्ञ सभाका ३० जना सदस्य
१) ढुण्डीराज शास्त्री (अर्घाखाची)
२) सूयमान गुरुङ (ताप्लेजुङ)
३) पूर्णानन्द शर्मा (झापा)
४) तेजमान तुम्वाहाम्फे (तेह्रथुम)
५) छविकुमार शर्मा (दाङ्ग)
६) देवीध्वज बस्नेत (सोलुखुम्वु)
७) डिल्लीप्रसाद सिटौला (झापा)
८) हरिशंकर मिश्र (महोत्तरी)
९) राजेन्द्र खरेल (काभ्रे)
१०) खेमराज पौडेल (कास्की)
११) वावुराम पुरी (चितवन)
१२) सूर्यप्रसाद रेग्मी (स्याङ्जा)
१३) देवेन्द्रप्रसाद उपाध्याय (चितवन)
१४) भरतप्रसाद उप्रेती (धादिङ्ग)
१५) तोपमान गुरुङ्ग (चितवन)
१६) रामचन्द्र सिं (महोत्तरी)
१७) कृष्णबहादुर जोशी (पर्वत)
१८) चन्द्रप्रसाद न्यौपाने (गोरखा)
१९) लाल हमाल (जुम्ला)
२०) तारापति सुवेदी (स्याङ्जा)
२१) लक्ष्मीप्रसाद ताल्चाभडेल (ताप्लेजुङ्ग)
२२) तीर्थराज ज्ञवाली ‘चैतु’ (दाङ्गं)
२३) सूर्यदत्त जोशी (रुपन्देही)
२४) भगवती सिंह (रुपन्देही)
२५) केदार ढकाल (झापा–मेचीनगर)
२६) अन्तराम भट्ट (कञ्चनपुर)
२७) मदन चन्द (कञ्चनपुर)
२८ ) केशरवावु थुलुङ्ग राई (सोलुखुम्बु)
२९) प्रमेश न्यौपाने (झापा)
३०) अजितनारायण सिंह थापा (धनकुटा)
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
