नायिका खड्काले क्यान्सर हस्पिटल निर्माण गर्ने

काठमाडौं । नायिका श्वेता खड्काले क्यान्सर हस्पिटल बनाउने भएकी छन् । सिन्धुपाल्चोकमा माझी बस्ती बनाएकी नायिका खड्काले ललितपुरको गोदावरीमा क्यान्सर हस्पिटल बनाउन लागेकी हुन् ।

पति श्रीकृष्ण श्रेष्ठको क्यान्सरका कारण मृत्यु भएपछि श्वेताले नेशनल हस्पिटल एण्ड क्यान्सर रिसर्च सेन्टर भवनको सोमबार गोदावरी–९ छम्पीमा शिलान्यास गरेकी हुन् । पति श्रीकृष्णसहित पारिवारिक केही सदस्यको पनि क्यान्सरकै कारण मृत्यु भएपछि क्यान्सर अस्पताल खोल्ने निधोमा पुगेपछि नायिका श्वेताको आफ्नो नेतृत्वमा हस्पिटल निर्माणमा लागेकी हुन् ।

Advertisement

गोदावरी नगरपालिका र नेशनल हस्पिटल एण्ड क्यान्सर रिसर्च सेन्टरबीचको सहमति अनुसार २९ रोपनी जग्गा ४० वर्षका लागि भाडामा लिएर भवन निर्माण गर्न थालिएको हो ।

१०० शैय्याको क्षमताको बनाउन लागिएको अस्पतालको भवन निर्माणमा २ अर्ब रुपैयाँ लाग्ने र तीन वर्षमा सक्ने लक्ष्य लिइएको छ ।

More News last news
Loading...