काठमाडौं । प्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओलीको बुधबार मृर्गौला प्रत्यारोपण हुने भएको छ ।
आइतबार बसेको नेकपाको सचिवालय बैठकमा प्रधानमन्त्री ओलीले किडनी ट्रान्सप्लान्टबारे जानकारी गराएका हुन् । प्रधानमन्त्रीले सचिवालयका अनुसार सोमबार नै अस्पताल भर्ना हुने बताईएको छ । प्रधानमन्त्री ओलीको त्रिवि शिक्षण अस्पतालमा मृगौला प्रत्यारोपण गर्ने तयारी छ ।
प्रधानमन्त्री ओलीको यो दोस्रो मृगौला प्रत्यारोपण हो । राष्ट्रियसभा सदस्यमा नेता वामदेव गौतम या युवराज खतिवडा कसलाई पठाउने भन्ने विषयमा नेकपामा विवाद भएपनि बैठकमा यसबारे कुनै छलफल नभएको नेताहरुले बताएका छन् ।
राष्ट्रिय सभा सदस्यबारे सोधिएको प्रश्नमा प्रवक्ता श्रेष्ठले ‘निर्णय भैसकेको विषयमा थप छलफल गर्नु नपर्ने’ प्रतिकृया दिए । यो सँगै राष्ट्रिय सभामा गौतम नै जाने निश्चित भएको छ ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
