बच्चा बोकेकी महिला कुट्ने प्रहरी निरीक्षक कारवाहीमा

ललितपुर । ललितपुरको भैंसेपाटीमा बच्चा बोकेकी महिलामाथि लाठी प्रहार गर्ने प्रहरी निरीक्षक देवीप्रसाद पौडेल कारवाहीमा परेका छन् ।

उनलाई भैसेपाटी वृत्तबाट ललितपुर महानगरीय प्रहरी परिसर जावलाखेलमा तानिएको हो । पौडेलको ठाउँमा अर्का निरीक्षक सुजित ओझालाई पठाइएको छ । नेपाली सेनाबाट बर्खास्तमा परेका जर्नेल हेम खत्रीले वर्षौसम्म राखेकी महिलालाई पत्नी नस्वीकारेपछि घेराउ गर्न पुगेका महिलामाथि प्रहरीले दुर्व्यवहार गरेको थियो ।

Advertisement

त्यसक्रममा त्यहाँ पुगेकी बच्चा बोकेकी हेमा श्रेष्ठलाई निरीक्षक पौडेलले विहीबार अमानवीय ढंगले लाठी प्रहार गरेका थिए । निरीक्षक पौडेलले लाठी प्रहार गर्दै गरेको भिडिओ सार्वजनिक भएपछि उनीमाथि कार्वाही गर्न चौतर्फी दबाब परेको थियो भने प्रहरीको व्यवहारमाथि नै सामाजिक सञ्जालमा व्यापक प्रश्न उठेको थियो ।

महानगरीय प्रहरी परिसर ललितपुरले एसपी दुर्गा सिंहको नेतृत्वमा तीन सदस्यीय छानविन समिति बनाएर गत शुक्रबार देखि छानबिन थालेको थियो ।

More News last news
Loading...