नेपालीलाई खूशीको खबर, कामदार भिसामा अमेरिका जान अनलाइन दर्ता खुल्यो !

काठमाडौँ । अमेरिकी कामदार ‘भिसा एचवान बी’ भोलि मार्च १ बाट खुल्ने भएको छ । पूर्वीय समय अनुशार एचवान बी भिसा भोलि अर्थात मार्च १ तारिखका दिन दिउँसो १२ बजेदेखि खुल्ने छ।

यो दर्ता प्रक्रिया मार्च २० तारिखका दिन दिउँसो १२ बजेसम्म खुल्ला रहने युएससी आईएसले जनाएको छ। यो दर्ता तपाईले अनलाइनमार्फत गर्न सक्नुहुनेछ। युएससीआईएसका अनुसार, आर्थिक बर्ष २०२१ का लागि खुल्ने उक्त भिसाका लागि तोकिएको अवधिभित्र विश्वभरबाट अनलाईन मार्फत आवेदन दिन सकिने छ।

Advertisement

भिसा सम्बन्धी पूर्ण जानकारी भिडियोमा

आवेदक वा प्रतिनिधिले अनलाइनमार्फत दर्ता गराउनका लागि युएससीआइएसको अनलाइन एकाउन्टको प्रयोग गर्नुपर्नेछ । अनलाईन फर्म दर्ता गर्न १० डलर शुल्क लाग्नेछ। यसपछि युएससीआईएसले कन्फर्मेशन नम्बर उपलब्ध गराउनेछ। लोटरी प्रणालीबाट छनौट गरेर मार्चको ३१ सम्म छनौट भएकाहरुलाई सुचित गरिनेछ ।

आवेदक वा उनीहरुका प्रतिनिधिले एउटै अनलाइन सेसनमा एकभन्दा धेरैका लागि आवेदन दर्ता गराउन सक्नेछन् । अनलाइन एकाउन्टमा मार्च १ भन्दा अगाडि नै विवरणहरु भरेर ड्राफ्ट बनाएर राख्न सकिनेछ। छनौट भएका आवेदनउपरमात्र आवेदकले एचवान बी भिसाका लागि प्रकृया अगाडि बढाउन सक्नेछन् ।

सबै प्रकृया पूरा गरेको खण्डमा उनीहरुले भिसा प्राप्त गर्न सक्नेछन् । उच्च शिक्षा प्राप्त गरेका एचवानबी कामदारका लागि यो बर्षदेखि नयाँ प्रकृयाको थालनी हुन लागेको हो । पहिलोपटक अमेरिकी रोजगारदाताले क्षमतावान उच्च शिक्षा प्राप्त कामदारहरुका लागि अनलाइनमार्फत रजिस्ट्रेशन गर्न पाउने भएका छन् ।

ब्याचलर डिग्री गरेकाहरुका लागि ६५ हजारको कोटा रहेको छ भने अमेरिकामा मास्टर्स डिग्री गरेकाहरुका लागि २० हजारको कोटा रहेको छ । तर अमेरिकामा मास्टर्स डिग्री गरेकाहरुले ६५ हजारको कोटामा समेत भाग लिन पाउनेछन् । मार्च २० भित्र प्रयाप्त आवेदनहरु आएको खण्डमा युएससीआईएसले मार्च २० को दिउसो १२ बजे नै अनलाइन दर्ता बन्द गर्नेछ ।

त्यसपछि लोटरी प्रणालीबाट छनौट गरेर मार्चको ३१ सम्म छनौट भएकाहरुलाई सुचित गरिनेछ । अनलाइन एकाउन्ट बनाउन र दर्ता गर्न मार्च २० सम्म नै सकिनेछ । छनौट प्रकृया दर्ता प्रकृया समाप्त भएपछिमात्र सुरु हुने भएकाले आवेदन मार्च १ मा नै पठाउन अनिवार्य नभएको युएससीआईएसले जनाएको छ।

एउटै आर्थिक बर्षमा एउटै व्यक्तिका लागि एउटा भन्दा बढी आवेदन दिएको खण्डमा त्यस्ता आवेदनहरु स्वत अस्वीकृत हुनेछन्। तर आर्थिक बर्षमा कुनै कारणवश भिसा नम्बर बढाउनुपर्ने भएमा होल्डमा राखिएकाहरुबाट पुन छनौट गरिनेछ।

साप्ताहिक राशिफल :

More News last news
Loading...