आफ्नै सरकारमाथि खनिए जनार्दन, मलाई तर्साउन बन्द गर्नुस् (भिडियोसहित)

काठमाडौँ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का सांसद एवं पूर्वगृहमन्त्री जनार्दन शर्मा आफ्नै पार्टी नेतृत्वको सरकार विरुद्ध खनिएका छन् ।

बिहीबार संसदमा समय लिएर बोल्दै नेकपाका प्रभावशाली नेता शर्माले नेपाल ट्रष्टले जारी गरेको श्वेतपत्रमाथि प्रश्न उठाएका हुन् । उनले लेख्नुपर्ने नाम नलेखेको तर नलेख्नुपर्ने नाम लेखेर मिडियाबाजी गराएको भन्दै आपत्ति जनाए।

Advertisement

ट्रष्टका अध्यक्ष एवं उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलले मंगलबार सार्वजनिक गरेको श्वेतपत्रमा ताहाचाल सोल्टी आउटर कम्प्लेक्सको जग्गा यती समूहको थामसेर्कु ट्रेकिङलाई लिजमा दिने प्रस्ताव स्वीकृत गर्दा तत्कालिन प्रधानमन्त्री शेरबहादुर देउवा ट्रष्टको संरक्षक र गृहमन्त्री जनार्दन शर्मा अध्यक्ष रहेको उल्लेख गरिएको थियो।

तर शर्माले भने आफू गृहमन्त्री नभएको बेला भएको निर्णयमा नाम मुछिएकामा आपत्ति जनाए। श्वेतपत्रअनुसार यसबारे थामसेर्कुको प्रस्ताव स्वीकृत गर्ने निर्णय कात्तिक १३ गते २०७४ मा भएको थियो।

तर आफू असोज ३० गते नै गृहमन्त्रीबाट हटेर विना विभागीय भएको भन्दै शर्माले प्रश्न गरे, ‘मन्त्री नै नभएको मान्छेलाई जबरजस्ती नाम लेख्नुको कारण के हो ?’

More News last news
Loading...