काठमाडौं । स्याङ्जाको लत्रेपिपलमा तेश्रो लत्रेपिपल तथा साँस्कृतिक मेला–२०७६ सम्पन्न भएको छ ।
मेलाको अन्तिम दिनमा चर्चित स्याङ्जाली लोक गायक पशुपति शर्मा र चर्चित लोकदोहोरी कार्यक्रम इन्द्रेणी टिमको प्रस्तुती आकर्षणका रुपमा रहेका थिए । चर्चित गायक शर्माले आफ्नै गाउँमा भएको कार्यक्रममा पुग्दा उनका आफन्तहरु दंग देखिन्थे । शर्माले स्याङ्जा जाने बाटैमा तनहुँ सहित दोहोरी गीत गाउँदा सबैले हात हल्लाएर साथ दिएका थिए । यसैगरी सधैभरी टिभिको पर्दामा देखिने इन्द्रेणी टिम देख्दा झन दर्शकहरु हुटिङमै उत्रिएका थिए ।

कार्यक्रममा परम्परागत खेल ‘छेलो’ हान्ने प्रतियोगिताले दर्शकको मन झनै जितेको थियो । ‘छेलो’ प्रतियोगिताको उपाधी स्थानीय सन्दिप सुनारले हात पारे । सुनारले पुरस्कार स्वरुप प्राप्त गरेको १० हजार रुपैयाँ आयोजक क्लवकै लागि सहयोगका लागि अध्यक्ष धुब्र शर्मालाई फिर्ता गरेर उदाहरणी कार्य समेत गरे । यसका अलवा आजको कार्यक्रममा कलाकारहरु श्रीराम अधिकारी, कमला ग्रैहे, शंकर पन्त, सगुन थापा, युनाइटेड ब्याण्ड बाडखोला र समर्थक ब्याण्ड पुतलीखेत लगायतको प्रस्तुती रहेको थियो । कार्यक्रममा क्लवले समाज र राष्टका लागि योगदान पुर्याउने ब्यक्तिहरुलाई सम्मान समेत गरेको छ ।
यसरी सम्मानित हुनेमा इञ्जिनियर नन्दलाल शर्मा रमेश, गायिका तर्फ तारा पौडेल, पत्रकार तर्फ गोबिन्द मरासिनी, चलचित्र निर्देशक रामचन्द्र गौतम, उत्कृष्ट शैक्षिक संस्थामा पुण्यशिला प्रा.वि. रहेका छन् । पुतलीबजार नगर प्रमुख सिमा क्षेत्रीले उद्घाटन गरेको कार्यक्रमको समापन ढोरबराही सुनचाँदी पसल पोखराका प्रमुख एवं व्यबसायी बाबुराम सुनारले समापन गरेका हुन् ।
प्रमुख अतिथि सुनारले क्लबले निर्माण गर्न लागेको लत्रेपिपल बहुआयामिक भवन, कृषी उपज संकलन तथा बिक्री केन्द्र एवं हरियाली पार्क निर्माणको लागि आवश्यकता अनुसारको आफ्नो जग्गा र भवन निर्माण सामाग्री उपलब्ध गराउने प्रतिबद्धता गरे ।
लत्रेपिपल क्लवको आयोजनामा सम्पन्न कार्यक्रम अन्तर्गत हिजो (पहिलो दिन) खुमन अधिकारी, घनश्याम रिजाल लगायतका कलाकारहरुले आफ्नो प्रस्तुती दिएका थिए । कार्यक्रममा क्लवका अध्यक्ष धुब्र शर्मा, कार्यक्रम संयोजक प्रल्हादजंग मरासिनी, क्लवकका सचिव मोती प्रसाद मरासिनी लगायतले कार्यक्रममा सहभागी सबैलाई धन्यवाद दिदैंँ चौथो सांस्कृती मेलाका लागि थप उर्जा मिलेको बताए । कार्यक्रम सह संयोजकमा राजेश कुवर र क्लवका कोषाध्यक्ष मनोज मल्ल रहेका थिए ।

कार्यक्रमको मुख्य प्रायोजकको रुपमा बी एण्ड बी लेक भि अर्पाटमेन्ट, बिशिष्ट प्रायोजक पृथ्वी इन्टरटेन्डमेन्ट, ढोरबराही ज्वेलर्स, प्रायोजक होटल मर्करी, सह प्रायोजक खिलुङकारीका एग्रो फार्म र कोको रिसोर्ट, हेल्थ पार्टनरमा गण्डकी मेडिकल कलेज, अफिसियल होटलमा होटल तिरुपती र मिडिया पार्टनरमा सामुदायिक रेडियो स्याङ्जा एफ एम, स्याङ्जा टेलिभिजन, गण्डकी टेलिभिजन, नयाँपुस्ता डटकम र कालीगण्डकी खबर रहेका थिए । कार्यक्रमको मुख्य सहयोगीका रुपमा पुतलीबजार नगरपालिका र प्रबद्र्धकका रुपमा नेपाल पर्यटन बोर्ड रहेको थियो ।



![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
