नवलपरासी । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गल्ती गर्ने कसैलाई पनि पार्टीले छुट नदिने स्पष्ट पारेका छन्।
शनिबार चितवनमा आयोजित प्राकृतिक चिकित्सालय भवनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रचण्डले कसैले गल्ती गरेको छ भने उसलाई पार्टीले संरक्षण नगर्ने स्पष्ट पारे।
सेक्युरिटी प्रिन्टिङ प्रेस मेसिन खरिदमा ७० करोड बढी कमिसन बार्गेनिङ गरेको आरोप लागेका गोकुल बाँस्कोटा प्रकरणलाई संकेत गर्दै उनले भने, ‘अहिले सबै विषय अनुसन्धानको प्रक्रियामा छन् । कोही पनि गल्ती गर्नेलाई छुट दिने पक्षमा हामी छैनौ । म अहिले यतिमात्रै भन्न चाहन्छु ।’
प्रचण्डले भ्रष्टाचार नियन्त्रणलगायतका सवालमा पार्टीभित्र गम्भीर छलफल हुने जानकारी दिँदै यससहित एमसीसीको विषयमा छलफल गर्न शनिबार अपरान्ह सचिवालय बैठक बोलाइएको बताए।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
