काठमाडौं । मानव ज्योति समाजको प्रथम अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले संस्थापक संयोजक हेमप्रसाद कँडेलको अध्यक्षतामा ११ सदस्यको नयाँ कार्यसमिति चयन गरेको छ ।
समाजको उपाध्यक्षमा विष्णुमायाँ भण्डारी, सचिवमा चन्द्रबहादुर खत्री, सह सचिवमा राजु खानिया, कोषाध्यक्षमा राजकुमार सिलवाल लगाएत सदस्यहरुमा सपना अधिकारी, हुन्नरबहादुर खड्का, सूर्यमायाँ तमाङ्ग, ऋषीनाथ सिंह, भुवन थपलिया र सञ्जु सुनार सहित रहेका छन् ।
राप्ती नगरपालिका सातकी प्रमुख सुस्मिता डल्लाकोटीको प्रमुख आतिथ्यमा सम्पन्न अधिवेशनमा राप्ती नगरपालिका आठका अध्यक्ष बुद्धि थपलिया , विरेन्द्र आर्दश माविका व्यवस्थापन समिति अध्यक्ष घनश्याम कँडेल , बुद्धिजीवी समाजसेवी लगायतको उपस्थितिमा सम्पन्न भएको हो ।
३ वर्षे कार्यकालका लागि निर्वाचन भएको संस्था मानव ज्योति समाजको कार्यलय चितवनको विरेन्द्रनगरमा रहेको छ । संस्थाले पिछ्डिएका बर्ग र समुदायका लागि काम गर्ने योजना नवनिर्वाचित अध्यक्ष कँडेलले बताए ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
