काठमाडौं । सुनको भाउ अहिलेसम्मकै उच्च भएको छ। सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबारका लागि नेपाली बजारमा प्रतितोला छापावाल सुनको मूल्य ७६ हजार ७ सय पुगेको छ।
गत पुस २३ गते ७६ हजार ५ सय रुपैयाँमा पुगरे सुनको मूल्यले त्यसअघिका रेकर्ड तोडेको थियो। यसअघिका रेकर्डलाई तोड्दै आज सुनको मूल्यले नयाँ कीर्तिमान कायम गरेको हो। सोमबार पनि सुनको मूल्य ७६ हजार ५ सयमा कारोबार भएको थियो ।
अहिले अन्तर्राष्ट्रिय बजारमा पनि सुनको मूल्य बढेको छ । महासंघकाअनुसार आजका लागि चाँदीको मूल्य ८ सय ९० रुपैयाँ पुगेको छ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
