आर आरमा नेबिसंघ र अखिलको हानाहान

काठमाडौं । काठमाडौको प्रदर्शनीमार्गस्थित आरआर क्याम्पसमा अखिल र नेविसंघका विधार्थीबीच झडप भएको छ ।

अखिलले बाहिरबाट गुण्डा ल्याएर कक्षाकोठामा बसेका आफू निकटका विधार्थीमाथि आक्रमण गरेको नेविसंघका महामन्त्री दिपक भट्टराईले आरोप लगाएका छन ।

Advertisement

झडपमाा आफ्ना केही विधार्थी घाइते भएको र केहीलाई पक्राउ गरिएको भन्दै नेविसंघले उनीहरुलाइ तत्काल रिहा नगरे आन्दोलन गर्ने चेतावनी दिएको छ ।

झडपका क्रममा पुष्कर बास्तोला, सञ्जिव ढकाल, सुनील शर्मा, उमेश गुरुङ र विकु खड्का घाइते भएको नेविसंघले जनाएको छ । त्यस्तै अखिलले पनि आफना केही विधार्थी घाइते भएको दावी गरेको छ ।

More News last news
Loading...