काठमाडौं । सरकारले गुणस्तरहिन काम गर्ने र समयमै काम सम्पन्न नगर्ने पप्पु कन्स्ट्रक्सनसहित ६ कम्पनीलाई कालोसूचिमा राखेको छ ।
ती कम्पनीहरू न्यूनतम एकवर्षदेखि ३ वर्षसम्मका लागि कालोसूचिमा परेका छन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय अन्तरगत रहेको सार्वजनिक खरिद अनुगमन कार्यालयले एक सूचना प्रकाशित गर्दै ती कम्पनीहरूलाई कालो सूचिमा राखेको हो।
प्रतिबन्धित हुने कम्पनीमा पप्पु कन्स्ट्रक्सनसँगै निशा सप्लायर्स हेटौंडा, सूर्योदय निर्माण एण्ड हाउजिङ कम्पनी प्रालि(काठमाडौं), बारा कन्स्ट्रक्सन (काठमाडौं), एचबि केसी निर्माण सेवा (सिन्धुपाल्चोक) तथा श्रीदेव सप्लायर्स (काठमाडौं) रहेका छन्।
पप्पु कन्स्ट्रकसन संघीय समाजवादी फोरम नेपालका निलम्बित सांसद हरिनारायणप्रसाद साह रौनियारले स्थापना गरेको कम्पनी हो।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
