कोरोनाका कारण चीनमा एकैदिन ९७ जनाको ज्यान गयो 

काठमाडौं । कोरोना भाइरसका कारण चीनमा आइतबार एकैदिन ९७ जनाको ज्यान गएको छ । कोरोनाका कारण एकैदिन ज्यान गुमाएकामध्ये यो अहिलेसम्मकै धेरै सङ्ख्या हो ।

अहिलेसम्म कोरोनाका कारण चीनमा ज्यान गुमाउनेको सङ्ख्या ९ सय ८ पुगेको छ तर नयाँ सङ्क्रमितहरुको सङ्ख्या भने स्थिर छ । पूरै चीनमा ४० हजार एक सय ७१ जनामा कोरोनाको सङ्क्रमण पाइएको छ भने एक लाख ८७ हजार पाँच सयभन्दा बढीलाई चिकित्सकको निगरानीमा राखिएको छ ।

Advertisement

जापानमा पानी जहाजमा यात्रा गरिरहेका थप ६० भन्दा बढी मानिसमा कोरोनाको सङ्क्रमण देखिएपछि उनीहरुलाई क्वारेन्टाइनमा राखिएको छ । जहाजमा यात्रा गरिरहेका तीन हजार सात सय यात्रुमध्ये १ सय ३० जनामा कोरोनाको सङ्क्रमण देखिएको छ । गएको महिना जहाजमा यात्रा गरिरहेका हङकङका एक जना ८० वर्षीय वृद्धमा भाइरसको सङ्क्रमण देखिएपछि योकोहामा बन्दरगाहमा रहेको ‘द डायमण्ड प्रिन्सेस शिप’ लाई नै दुई हप्ताको क्वारेन्टाइनमा राखिएको छ ।

सङ्क्रमितहरुको नजिकैको अस्पतालमा उपचार भइरहेको छ । चीन सरकारको तथ्याङ्कअनुसार अहिलेसम्म तीन हजार दुई सय ८१ जना उपचारपछि पूर्ण रुपमा निको भएर डिस्चार्ज भएका छन् ।

More News last news
Loading...