सराङकोट–सेदी केबुलकार वैशाखदेखि चल्ने

पोखरा । गत वैशाख देखि नै पोखराको सेदीदेखि सराङकोटसम्मको अन्नपूर्ण केबुलकार सञ्चालन गर्ने भनिएपनि जग्गा विवादले काम अघि बढ्न सकेन । तर अब नेपाली नयाँ वर्षमा अन्नपुर्ण केबलकार प्रा.लिले केबलकारको प्राविधिक परीक्षण गर्ने भएको छ । प्रा.लि विरुद्ध सर्वोच्चमा मुद्धा परेसंगै अन्योलमा परेको सेदी देखि सराङ्गकोट केबलकारको बैशाखमा प्राविधिक परिक्षण गरिने भएको हो ।

केबलकार सञ्चालनमा ल्याउनको लागि तयारी तिव्र गतिमा अघि बढेको सञ्चालकहरुले बताएका छन् । पीडित पक्षसंगको सहमतिपछि केबलकार सञ्चालनको लागि बाटो खुलेको हो ।

Advertisement

पोखरामा निमार्णाधीन केबलकारको करिब ९० प्रतिशत काम पुरा भएको छ । केबलकारको लागि सम्पूर्ण सामान आइपुगेको सञ्चालकमध्ये एक तीर्थराज त्रिपाठी बताउँछन् । उनका अनुसार अब सबै जडान गर्ने काम मात्र बाँकी छ, भित्र तारको लठ्ठा हालिसकेर गण्डोला (बट्टा) जडान गरि प्राविधिक परीक्षण हुने उनले बताए ।

२४ घण्टा नै काम गरेर नयाँ वर्षमा कम्तिमा लट्टा झुण्डाएर गोण्डला राखि परिक्षणमा ल्याउने तयारी गरेको बताए । ३४ वटा बट्टा ( गोण्डला) क्षमता भएको केबलकारको लागि तत्काल ५० प्रतिशत मात्र बट्टा राखिने छ । प्रविधिक परिक्षणमा १८ वटा मात्र बट्टा राखिने बताइएको छ । एउटा सामान बोक्नको लागि प्रयोग गरिने छ भने अन्य १७ वटामा यात्रु बोक्ने छ ।

अबको तिन हप्ता भित्र जापानबाट प्राविधिक टोली समेत आउनेछन् । जापानबाट ३ जनाको प्राविधिक टोली आउने छन् । जापानबाट आउने प्राविधिक टोलीले केबलकारको सुपरभिजन गरी केबलकार बैशाख भित्र संचालनमा ल्याउने गरी निर्माण कार्य तीव्र पारिएको उनले जनाए । सबै सामान जापानबाट ल्याइएको हो ।

 

More News last news
Loading...