काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले प्रतिनिधि सभा बैठक अवरुद्ध गरेको छ ।
काँग्रेसले आफ्ना नेता एवं सांसद विजयकुमार गच्छदारलाई राजनीतिक पूर्वाग्रहका आधारमा राजनीतिक प्रतिशोधका कारण अख्तियारले मुद्दा चलाएको भन्दै त्यसलाई अस्वीकार गर्ने बताएको हो ।
बिहीबारको बैठकको सुरुमा काँग्रेस सांसद पुष्पा भुषालले राजनीतिक पूर्वाग्रहका आधारमा गच्छदारविरुद्ध अख्तियारले मुद्दा दायर गरेकाले त्यसको विरोध गर्दै संसद बैठक अवरुद्ध गर्नुपरेको बताईन् । त्यसपछि काँग्रेस सांसदहरुले उठेर अवरुद्ध गरेका थिए ।
सभामुख अग्नि सापाकोटाले संसदले विभिन्न कानुनहरु बनाउनुपर्ने भन्दै काँग्रेस सांसदलाई अवरोध हटाउन आग्रह गरेपनि उनीहरु बस्न नमानेपछि सभामुख सापकोटाले बैठक स्थगित गरेको घोषणा गरेका थिए । संसदको अर्को बैठक भोली १ बजे बस्नेछ ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
