काठमाडौं/गोबिन्द मरासिनी । स्याङजाको पुतलीबजार नगरपालिका वडा नं ९ मा पर्यटन प्रबद्र्धनका लागि दोश्रो ‘क्रस कन्ट्री दौड’ प्रतियोगिता हुने भएको छ ।
सात सय कोल्मा– बहाकोट सम्पर्क मञ्चको आयोजनामा माघ २५ गते दोश्रो ‘क्रस कन्ट्री दौड’ प्रतियोगिताको आयोजना हुन लागेको हो । कोल्मामा जन्मिएर हुर्केका अध्ययन र बिभिन्न कामहरुको सिलसिलामा पोखरामा बस्नेहरुको समूह पर्यटकीय सम्भावना बोकेको आफ्नो गाउँलाई देशमा मात्र अन्तर्राष्ट्रिय स्तरमा चिनाउने उद्देश्य र भ्रमण बर्षलाई सहयोग गर्ने उद्देश्यले प्रतियोगिताको आयोजना गरिएको कार्यक्रमको परिकल्पनाकार लालबहादुर (एलबिजेड) गुरुङले नयाँपुस्तालाई बताए । करिव २ सय जनाको सहभागिता रहने क्रस कन्ट्री दौड प्रतियोगितामा ३१ किलोमिटर खुल्ला र १४ किलोमिटर गरी दुई विद्यामा दौड प्रतियोगिताको सञ्चालन गरिनेछ ।
३१ कि.मी (खुला) दौड प्रतियोगिता चिरुवाबाट सुरु गरी काहुँले, बहाकोट भन्ज्याङ (डाडाँस्वारा), नाम्चे, काल्खु, राईपुर, बिसौना, खुदी, मड्किना, सतीडाडाँ हुँदै कोल्मा बराहचौरसम्म र १४ कि.मी. को लागि चिरुवाबाट शुरु भई काहुँले, डाडाँस्वारा, नाम्चे, काल्खु, राईपुर, पोखरीछाप हुदै पुनः बराहचौरमै पुगेर सम्पन्न हुने छ । ३१ कि.मी. तर्फ सबै उमेर समूहका र १४ कि.मी. तर्फ २१ बर्ष उमेर भन्दा मुनीका धावकहरुले सहभागिता जनाउन पाउनेछन् ।
प्रतियोगितामा खुल्ला तर्फ प्रथम हुनेले नगद ५० हजार, द्धितिय हुनेले नगद ४० हजार, र तृतीय हुनेले नगद ३० र १४ किलोमिटर दौडतर्फ प्रथम, द्वितिय र तृतिय हुनेले क्रमश नगद २० हजार, १५ हजार र १० हजार प्राप्त गर्ने आयोजकले जनाएको छ । प्रतियोगितामा १० औ स्थान सम्म आउने प्रतियोगीहरुलाई मेडल र प्रमाण पत्रले सम्मान गरिनेछ ।
कार्यक्रममा सहभागी हुन राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव रमेशकुमार सिलवाल, महानायक राजेश हमाल, प्रतिनिधि सभा सदस्य नारायण मरासिनी, संविधान सभा सदस्य राजु थापा, प्रदेश सांसदहरु भागवत प्रकाश मल्ल, मीनप्रसाद गुरुङ, राजीव गुरुङ (दिपक मनागें) लगायतका लगायतका ब्यक्तिहरु कोल्मा पुग्ने आयोजकले जनाएको छ ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
