काठमाडौं । नेपाली काँग्रेस केन्द्रीय समिति बैठक सोमबार दिउँसो १ बजे पार्टी कार्यालय सानेपामा बस्दैछ । बैठकमा शुक्रबार शीर्ष नेताहरुबीच भएको सहमति अनुसार एजेण्डा तय गरिएको बताईएको छ ।
सभापति शेरबहादुर देउवा निवासमा शुक्रबार शीर्ष नेताहरुबीच भएको छलफलमा महाधिवेशन तोकिएकै समयमा गर्ने र तल्ला तहको अधिवेशनको मिति केही हेरफेर गर्ने सहमति भएको छ । नेताहरुबीच सभापति देउवाको प्रस्तावमा बढाइएका विभागहरुका विषयमा पनि सहमति जुटेको छ ।
गत पुस ११ मा केन्द्रीय समिति बैठकले बहुमतका आधारमा गरेको निर्णय अनुसार काँग्रेसभित्र ४७ वटा विभाग राख्ने निर्णय यथावत् रहनेछ । ११ पुसमा भएका निर्णयमा हेरफेर हुने विषय आजको बैठकको एजेण्डा भएको प्रवक्ता विश्वप्रकाश शर्माको भनाई छ । गत मंसिर देखि केन्द्रीय समिति बैठकमा अनपस्थिति संस्थापन इतर पक्ष पनि आजको बैठकमा सहभागी हुनेछ । आजको बैठकमा महाधिवेशन गर्ने मिति यतावत् राखेर तल्लतो तह कार्यतालि र कार्यविधिको संशोधन प्रस्ताव पेश हुनेछ।
शुक्रबार बसेको शीर्ष नेताले बैठकले महाधिवेशनको कार्यतालिका र कार्यविधि परिमार्जन गरी प्रस्ताव पेश गर्न महामन्त्रीद्वय डा. शशांक कोइराला र पूर्णबहादुर खड्का साथै नेताहरु रमेश लेखक र मिनेन्द्र रिजाल लाई जिम्मेवारी दिएको थियो। काँग्रेसमा भदौमा स्थानीय अधिवेशन गर्ने गरी कार्यतालिका संशोधनको तयारी भएको छ ।
११ पुसमा बसेको केन्द्रीय समिति बैठकले ०७७ मंसिरमा स्थानीय अधिवेशन गर्ने गरी कार्यतालिका ल्याएको थियो । विधानका दफा निलम्बनको निर्णय पनि हेरफेर हुने छ । तर केन्द्र र प्रदेश अधिवेशन हुनु एक वर्षअघि नै स्थानीय तहका सबै अधिवेशन सम्पन्न गर्नुपर्छ भन्ने विधानको उक्त प्रावधान निलम्बन भने यथावत रहनेछ ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
