काठमाडौं । गायिका आस्था राउत प्रहरी कार्यालयमा उपस्थित भएकी छिन् ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा प्रहरीमाथि अभद्र व्यवहार गरेको अभियोग लागेकी आस्था नातेदारसहित टेकुमा रहेको महानगरीय प्रहरी परिसरमा उपस्थित भएकी परिसरका प्रहरी नायब उपरीक्षक (डीएसपी) होविन्द्र बोगटीले जानकारी दिए । आस्थालाई जिल्ला प्रशासनमा उपस्थित गराउने तयारी भइरहेको प्रहरीले जनाएको छ ।
विमानस्थलमा महिला प्रहरीसँग भनाभन गरेको भिडियोसमेत सार्वजनिक भएपछि प्रहरीले आस्थामाथि दुर्व्यवहारको मुद्दा दायर गरेको हो ।
जिल्ला प्रशासन कार्यालयले अनुमति दिएपछि प्रहरीले गएको माघ ५ गते आस्थाका नाममा पक्राउ पुर्जी जारी गरेको थियो ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
