काठमाडौं । उपसभामुख शिवमाया तुम्बाहाङफेले राजीनामा दिएकी छन् ।
सोमबार प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै तुम्बाहाङफेले राजीनामा दिएकी हुन् ।
उनले सोमबार बसेको संसद बैठकमा सभामुख चयन प्रकृया सहज बनाउनका लागि आफुले मार्गप्रशस्त गर्न लागेको घोषणा गरिन् ।
अब संसदको अर्को बैठक दिउँसो ४ बजे बस्नेछ। उक्त बैठकको अध्यक्षता जेष्ठ सदस्य महन्थ ठाकुरले गर्ने छन्। सोही बैठकले सभामुख निर्वाचनको कार्यतालिका सार्वजनिक गर्नेछ।


![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
