काठमाडौं । दोलखाको धार्मिक तथा पर्यटकीय क्षेत्र कालिञ्चोक क्षेत्रमा हिमपात भएछि आन्तरिक तथा बाह्य पर्यटककहरु हिउँ खेल्न पुगेका छन् ।
कालिञ्चोक, कुरी बजार, खरिढुङ्गा, शैलुङडाँडा लगायत उच्च भू–भागमा हिमपात हुँदा कालिन्चोक हिउँले ढपक्कै देखिएको छ । कालिञ्चोक क्षेत्रमा सहज तरिकाले पुगी हिउँ खेल्न सकिने भएकोले आकर्षणको केन्द्र बनेको हो ।
विशेषगरी शुक्रबार र शनिबार आन्तरिक तथा बाह्य पर्यटकको भिड लाग्ने दोलखामा हिमपात भएपछि पर्यटकको संख्यामा वृद्धि हुने गर्दछ । काठमाडौंबाट १ सय ३३ किलोमिटर यात्रापछि चरिकोट र चरिकोटबाट १७ किलोमिटर यात्रापछि कालिञ्चोक क्षेत्र पुग्न सकिन्छ । 
हालसालै कालिन्चोक पुगेर फर्केका नयाँपुस्ताका लागि प्रकाश रायक्षेत्रीले आफ्नो क्यामरामा कैद गरेका केहि तस्बिरहरु :












![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
