काठमाडौं । आज माघे संक्रान्ति । यसलाई कतै मकर संक्रान्ति त कतै माघी पनि भनिन्छ । फरक–फरक समुदायमा भिन्न नामले चिनिने यो पर्व मैथिली र थारू समुदायमा नयाँ वर्षका रूपमा मनाईन्छ ।
नेवारी समुदायमा भने घिउ र चाकु संल्हु नामले माघे संक्रान्ति मनाइन्छ । माघे संक्रान्तिलाई मगर समुदायले राष्ट्रिय पर्वका रूपमा मनाउँछन् । तारो हान्ने खेल यो समुदायमा प्रचलित छ । थारू समुदायमा सुँगुरको मासु खाएर धमार गाउँदै माघी मनाउने चलन छ । माघीको दिन काभ्रेको पनौतीमा मकर मेला लाग्छ ।
यसै दिन अधिकांश स्थानमा चाकुमा तिल मिसाएर बनाइएको लड्डु, तिलौरा, चाकु, भुजाको लड्डु, मिठाई, खिचडी, पिँडालु खान्छन् । साथै, क्षेत्री, बाहुन, राई, लिम्बू, गुरुङ आदि सबै समुदायले माघे संक्रान्तिलाई आ–आफ्नो परम्पराअनुसार मनाउने गर्छन् ।
उनीहरुले घिउ, तरुल, चाकु, खिचडी आदि परिकार खाने गर्छन् । माघी पर्वलाई धार्मिक मात्र नभई वैज्ञानिक दृष्टिकोणले समेत हेरिन्छ । यस दिन स्नान वा घर–आँगनको सरसफाइ नगरे सात जन्मसम्म रोगी र निर्धन भइने किंवदन्ती छ । यो दिन दान दिँदा राम्रो हुन्छ भनिन्छ ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
