आज रातिदेखि पश्चिमी भागमा निम्न चापीय प्रणालीको प्रभाव

काठमाडौं । हाल नेपालमा उल्लेखनीय मौसमी प्रणाली नभए पनि आज रातिदेखि नेपालको पश्चिमी भूभागमा पश्चिमी निम्न चापीय प्रणालीको प्रभाव रहने जनाइएको छ ।

देशको तराई भूभागमा बाक्लो हुस्सु र कुहिरो लागिरहेको र मध्ये तथा पश्चिमी पहाडी भूभागका केही स्थानमा सामान्य हुस्सु र कुहिरो लागेको जनाइएको छ । आज बुधबार दिउँसो देशको पूर्वी तथा पश्चिमी पहाडी भूभागमा आंशिक बदली रही अन्य भूभागमा मौसम सामान्यतया सफा रहने जनाइएको छ ।

Advertisement

पश्चिमी भूभागका थोरै स्थानहरुमा हल्का वर्षाको साथै पश्चिमी उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको जनाइएको छ । भोलि दिउँसो देशको मध्ये तथा पश्चिमी भूभागमा सामान्य बदली भई पूर्वी भू्भागमा आंशिक बदली रहने जनाइएको छ ।

मध्य तथा पश्चिमी भूभागका केही स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको साथै पश्चिमी तथा मध्य उच्च पहाडी र हिमाली भेगका केही स्थानमा हल्का देखि मध्यम हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ । राती देशको मध्य तथा पश्चिमी भूभागमा सामान्य देखि पूर्ण बदली रही पूर्वी भूभागमा आंशिक देखि सामान्य बदली रहने जनाइएको छ । मध्य तथा पश्चिमका केही स्थानहरुमा हल्का देखि मध्यम वर्षाका साथै पूर्वी पहाडी भूभागका थोरै स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको पूर्वानुमान गरिएको छ ।

आउँदो शुक्रबार देशको मध्य तथा पूर्वी भूभागमा सामान्य देखि पूर्ण बदली रहने र पश्चिमी भूभागमा आंसिक देखि सामान्य बदली रहने जनाइएको छ । देशका केही स्थानमा हल्का देखि मध्यम वर्षाको संभावना रहेको र उच्च पहाडी र हिमाली भेगका धेरैजसो स्थानहरुमा हल्का देखि मध्यम हिमपातको सम्भावना रहेको जनाइएको छ ।

More News last news
Loading...