काठमाडौँ । सोमबार राति काठमाडौँको तीनकुनेमा सवारी दुर्घटना हुँदा गायक निशान भट्टराईको मृत्यु भएको छ।
दरबारमार्गस्थित वान थाई रेष्टुरेन्टमा आफ्नो नियमित गायन प्रस्तुती सिध्याएर घर फर्किने क्रममा तीनकुनेमा दुर्घटना हुँदा भटराईको मृत्यु भएको प्रहरीले जनाएको छ।
निशान गायिका लोचन भट्टराईका भाइ हुन्। मंगलबार बिहान पौने १ बजेतिर उनले चलाएको कार तीनकुनेमा बिजुलीको पोलमा ठोक्किएर दुर्घटना भएको थियो।
दुर्घटनामा गम्भीर घाइते भएका भट्टराईलाई उपचारका लागि वीर अस्पतालको ट्रमा सेन्टर लगिएको थियो। प्रहरीका अनुसार उनको उपचारका क्रममा बिहान ४ः ४५ बजेतिर निधन भएको हो।
गजल गायकीका कारण निकै चर्चित भट्टराइ स्टेजलगायत पाँचतारे होटल तथा रेष्टुरेन्टमा हिन्दी, नेपाली गीत तथा गजल गाउँदै आइरहेका थिए । उनी दरबारमार्गस्थित बानथाई रेष्टुरेन्टका सञ्चालकसमेत हुन् ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
