हेटौंडा । बागमती प्रदेशको मन्त्रिपरिषद बैठकले तामाङ समुदायको चाड सोनाम ल्होछारमा सार्वजाजिक बिदा दिने निर्णय गरेको छ ।
माघ १० गते पर्ने ल्होछार पर्वका लागि सरकारले सार्वजनिक बिदा दिने निर्णय गरेको आन्तरिक मामिला तथा कानूनमन्त्री शालिकराम जम्मकटेलले जानकारी दिए । सार्वजनिक बिदासहित बैठकले ७ वटा निर्णय गरेको छ ।
बैठकले अन्तर प्रदेश बासिन्दाको सामान सुरक्षा, व्यवहार र सुविधा सम्बन्धमा व्यबस्था गर्न विधेयक तर्जुमाका लागि सैद्धान्तिक सहमति प्रदान गर्ने, आर्थिक वर्ष ०७७–७८ को लागि संघीय बिषेश अनुदान सम्बन्धमा, संघीय समपुरक अनुदान सम्बन्धमा, स्थानीय तहलाई दिइने प्रदेश समपुरक अनुदानको दोस्रो चरणका योजनाहरू स्वीकृत गर्ने निर्णय गरेको छ ।
प्रदेशको नामाकरणा र राजधानीको टुंगो लगाएपछि बागमतीको यो पहिलो मन्त्रिपरिषद् बैठक हो ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
