उपसभामुखलाई राजीनामा गराउने नेकपाको निर्णय, पद नछोड्ने तुम्बाहाम्फेको अडान 

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले उपसभामुख शिवमाया तुम्बाहाम्फेलाई राजीनामा गराउने निर्णय गरेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार बसेको नेकपा सचिवालयको बैठकमा सभामुखमा उम्मेदवार दिने र उपसभामुख तुम्बाहम्फेलाई राजीनामा गराउने निर्णय गरेको हो ।

Advertisement

स्रोतका अनुसार स्वास्थ्यका कारण प्रधानमन्त्री ओली बैठकमा सहभागी हुन सकेका थिएनन् । यद्यपि उनकै सहमतिमा निर्णय भएको नेताहरुले बताएका छन् ।

बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले तुम्बाहाम्फेसँग शुक्रबार भएको छलफलबारे बिफ्रीङ  गरेका थिए ।

यता, उपसभामुख शिवमाया तुम्बाहाम्फेले पार्टीले आफूलाई राजीनामा दिन लगाउनेबारे कुनै जानकारी नभएको बताएकी छिन् । राजीनामा बारे अहिलेसम्म आफूलाई राजीनामाबारे कुनै जानकारी नभएको उनले बताइन् ।

More News last news
Loading...