काठमाडौँ । नेपाल टेलिकम वर्कर्स यूनियन काठमाडौँ क्षेत्रीय समितिले दुई दिने प्रशिक्षण कार्यक्रम सुरूवात गरेको छ।
नेपाली कांग्रेसका प्रवत्ता विश्व प्रकाश शर्माको प्रमुख अतिथ्यतामा तथा नेपाल टेलिकम वर्कर्स यूनियन काठमाडौँका क्षेत्रीय अध्यक्ष अचुत कुमार ओझाको अध्यक्षतामा कार्यक्रमको उद्घाटन भएको थियो।

कार्यक्रमको उद्घाटन समारोहलाई सम्बोधन गर्दै कांग्रेस प्रवक्ता शर्माले अहिलेको सरकारले जनचाहना अनुसार काम गर्न नसकेको भन्दै जनताले अब त्यसको विकल्प खोज्नु पर्ने अवस्था आएको बताए।
ट्रेड युनियन कांग्रेसका अध्यक्ष पुष्कर आचार्यले सरकार मात्र नभई राज्य संरचना नै श्रमिकलाई अप्ठ्यारो बनाउन लागिरहेकोले प्रतिपक्ष दल र ट्रेड युनियन चनाखो हुनु पर्ने बताए। दुई दिन सम्म चल्ने प्रशिक्षण काठमाडौँ क्षेत्रीय समितिका अध्यक्ष अच्चुत ओझाको अध्यक्षतामा सम्पन्न भएको थियो।

![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
