सुनको भाउले अहिलेसम्मकै महँगो

काठमाडौं । बुधबार सुनको भाउले नयाँ रेकर्ड बनाएको छ ।

बुधबार सुन तोलामा एक हजार रुपैयाँ बढेर तोलाको ७६ हजार ५ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । यो मूल्य अहिलेसम्मकै महँगो हो ।

Advertisement

मङ्गलबार तोलामा ५ सय रुपैयाँ घटेको सुनको भाउ बुधबार तोलामा एक हजार रुपैयाँ बढेको हो । यस्तै चाँदी पनि बुधबार तोलामा २० रुपैयाँ बढेको छ ।

चाँदी आज तोलाको ९ सय २० रुपैयाँमा कारोबार भैरहेको छ । लगनको समय आउँने बेलामा भाउ अकासिएपछि सुनको कारोबार ठप्प जस्तै भएको उनीहरुले बताएका छन् ।

More News last news
Loading...