सूचना प्रविधि विधेयक विरुद्ध नेविसंघले माइतीघरमा विरोध सभा गर्ने

काठमाडौँ । नेपाल विद्यार्थी संघले प्रस्ताविक सूचना प्रविधी विधेयक विरुद्ध विरोध सभा गर्ने भएको छ। आउँदो पुष २४ गते बिहिबार दिउँसो १२ः३० बजेदेखि विरोध सभा गर्ने नेविसंघले जनाएको छ।

विरोध कार्यक्रममा पूर्वमन्त्री एवं नेपाली कांग्रेस केन्द्रिय सदस्य नविन्द्रराज जोशी, पूर्वमन्त्री एवं नेपाली कांग्रेसका केन्द्रिय सदस्य गगनकुमार थापा त्यस्तै नेपाली कांग्रेसका केन्द्रिय सदस्य प्रदिप पौडेल लगायतले उक्त विरोध कार्यक्रमलाई सम्बोधन गर्ने नेविसंघका निवर्तमान केन्द्रिय सदस्य सुशिल भट्टले जानकारी दिएका छन् ।

Advertisement

हालै संसद्को विकास तथा प्रविधि समितिले बहुमतले पारित गरेको सूचना प्रविधि विधेयक २०७५ले सरोकारवालामाझ बहस सिर्जना भएको छ । धेरैले यो विधेयकलाई सरकारको दम्भको उपजको संज्ञा दिएका छन् ।

 

More News last news
Loading...