बहुमत आधारमा गरिने निर्णय सह्य हुँदैन : नेता केसी

रिजन नेपाल

पोखरा । नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवं पूर्व मन्त्री अर्जुननरसिंह केसीले बहुमतको आधारमा गरिने निर्णयहरु आफूहरुलाई सह्य नहुने बताएका छन् ।

Advertisement

पाल प्रेस युनियन कास्कीले आइतबार पोखरामा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै नेता केसीले पार्टीभित्र बहुमतको दम्भ देखाएर पार्टी सभापति देउवाले निर्णय गर्ने हो भने ओली सरकारले गरेका गतिविधिविरुद्ध कसरी लाग्न सकिन्छ भनी प्रतिपश्न गरे ।

ओली सरकारले बहुमतका आधारमा लोकतन्त्रको विधि र मर्ममाथि प्रहार गरेको बताए । उनले मिडिया काउन्सिल विधेयकका कारण पत्रकारको कलम रोकिन नहुने र राजनीतिज्ञको भाषा रोकिन नहुने बताए ।

पूर्व मन्त्री समेत रहेका केसीले अरुलाई दोष देखाएर सरकार भ्रष्टाचारमा लिप्त भएको आरोप लगाए । उनले एनसेल काण्ड, गोकर्ण रिसोर्ट, वाइडबडी, बालुवाटार जग्गामा सरकारले अर्कालाई दोष लगाएर आफू उम्किन खोजेको छ, सरकारको हिम्मत छ भने दोषीलाई कारबाही गरेर देखाओस् ।

उनले मुलुकमा पछिल्लो समय देखिएका आर्थिक भ्रष्टाचारका मुद्दामा दोषीलाई कारबाहीका लागि उच्चस्तरीय समिति गठनको आवश्यकता औल्याए । उनले भने, ‘निष्पक्ष, पारदर्शी र विधिसम्मत् ढंगबाट छानबिनका गर्न प्रधानन्यायाधीशको संयोजकत्वमा उच्चस्तरीय समिति गठन गरिनुपर्छ ।’

सरकार एकदलीय कम्युनिष्ट शासनतर्फ उन्मुख हुँदा मानव अधिकार, सुरक्षा परिषद्, नागरिकको लोकतान्त्रिक अधिकारप्रति यो वा त्यो बहानामा हस्तक्षेप गरेको उनले आरोप लगाए ।

युनियन कास्की अध्यक्ष नवीन सिग्देलको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष रविना आलेले स्वागत र सचिव प्रदीप पौडेलले कार्यक्रम संचालन गरेका थिए ।

More News last news
Loading...