काठमाडौं । नायिका ऋचा शर्माको आमाको निधन भएको छ । ऋचाकी आमा रिनादेवी शर्माको ६७ वर्षको उमेरमा शुक्रबार राती निधन भएको हो ।
रिनादेवी लामो समयदेखि बिरामी थिइन् । छोरी ऋचाको विवाहका बेला पनि उनी बिरामी नै थिईन् । रिनादेवीलाई फिल्मी जगतका विभिन्न हस्तीले सोसल मिडियामार्फत् श्रद्धाञ्जली दिएका छन् ।
निर्देशक दिपाश्री निरौलाले ‘आमा हजुरको बैकुण्ठमा बास् होस्, ऋचा सम्हाल आफूलाई, सबै परिवारलाई धैर्यधारण गर्ने शक्ति मिलोस्’ भन्दै ऋचाको आमासँगको तस्बिर पोष्ट गरेकी छिन् ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
