अष्ट्रेलियामा दुई नेपाली युवाको मृत्यु, एकको अवस्था गम्भीर

काठमाडौँ । अष्ट्रेलियाको सिड्नीमा शुक्रबार दुई नेपाली युवाको मृत्यु भएको छ।

क्याम्पिङका लागि गएका नेपालीको दलदलमा डुबेर मृत्यु भएको हो। स्थानीय बरोअरा नेशनल पार्कमा शुक्रबार राति ७ः३० बजे आपतकालीन सेवालाई बोलाइएको थियो। तत्कालै घटनास्थलमा पुगेका उद्धारकर्मीले एक जना व्यक्तिलाई सास फेर्न अप्ठेरो भएको अवस्थामा उद्धार गरी हेलिकोप्टर मार्फत अस्पताल लगेका थिए । उद्धार गरिएका व्यक्ति प्रदिप पाण्डे भएको बताइएको छ ।

Advertisement

अर्कोतर्फ, हराईरहेका दुईजनाको खोजी जारी राखेका उद्धारकर्मीले राति ११ः३० बजे मात्र उनीहरुको शव भेट्न सफल भएका थिए । दिउँसोदेखि नै क्याम्पिङमा गएका उनीहरु साँझ परेपछि पानीमा पौडीका लागि छिरेका थिए ।

त्यसपछि दलदलमा भासिएका कारण उनीहरु माथि आउन सकेनन् । प्रहरीले दुईजनाको शव पोष्टमार्टमका लागि पठाएको छ । मृतकका एक आफन्तले दिएको जानकारी अनुसार मृत्यु हुनेमा विशाल सेढाई र रोशन छत्कुली छन् । उनीहरु क्रमशः २६ र २३ वर्ष उमेरका थिए । सेढाई पेशाले ईन्जिनियर हुन् । अष्ट्रेलियाको पढाई सकाएर एक वर्षदेखि उनी आफ्नो पेशामा कार्यरत थिए ।

More News last news
Loading...