कांग्रेस पूर्वसभापति राईको निधन

काठमाडौँ । कांग्रेस नेता प्रेमराज राईको ७२ वर्षको उमेरमा सोमबार राति निधन भएको छ । केही वर्षदेखि कलेजोसम्बन्धी रोगबाट पीडित राईको लैनचौरस्थित मनमोहन सामुदायिक अस्पतालमा निधन भएको हो ।

राई कांग्रेस ओखलढुंगा जिल्लाका पूर्वसभापति हुन्। २०२९ सालमा तरुण दल काण्ड, २०३१ सालमा टिम्बरबोटे काण्ड, २०३६ र २०४२ साल पटक–पटक गरी साढे पाँच वर्षजति जेल परेका थिए।

Advertisement

पूर्वमन्त्री बलबहादुर राईका जेठा छोरा प्रेमराज कांग्रेस महासमिति सदस्य थिए। उनको पार्थिव शरीरलाई ओखलढुंगाको मोलीस्थित आफ्नै गाउँमा लगिएको र बुधबार मुन्दुम विधिअनुसार संस्कार गरिने परिवारका सदस्यले जनाएका छन्।

स्वर्गीय राईका श्रीमती प्रजादेवी राई (कांग्रेस महिला संघ ओखलढुंगाकी पूर्वसभापति), दुई छोरा र दुई छोरी छन्।

More News last news
Loading...