रुसद्वारा ध्वनिभन्दा २० गुणा छिटो उड्ने हाइपरसोनिक क्षेप्यास्त्र जडान

काठमाडौँ । रुसले ध्वनिभन्दा २० गुणा छिटो उड्ने हाइपरसोनिक अभानगार्ड क्षेप्यास्त्र जडान गरेको छ ।

रक्षामन्त्री सेर्गेई सोइगुलले शुक्रबार राति १० बजे ती क्षेप्यास्त्र तैनाथ गरिएको भने पनि जडान गरिएको ठाउँबारे केही बताउनुभएको छैन । तर त्यहाँका अधिकारीहरुले यसअघि नै त्याे क्षेप्यास्त्र पश्चिमी रुसको युराल पर्वत क्षेत्र वरपर राखिने संकेत गरेका थिए ।

Advertisement

ती क्षेप्यास्त्रमा ग्लाइड प्रणाली राखिएकोले प्रहार गर्न सहज बनाएको र त्यसलाई भेद गर्न असंभव हुने दाबी गरिएको छ ।

राष्ट्रपति भ्लादिमिर पुटिनले परमाणु अस्त्र बोक्न सक्ने ती क्षेप्यास्त्रले रुसलाई अरु देशभन्दा अगाडि पुर्‍याएको दाबी गर्नुभएको छ । रुसको रक्षा मन्त्रालयले अभानगार्ड प्रणालीको भिडिओ सार्वजनिक गरे पनि अस्त्र विज्ञहरूले यसको प्रभावकारितामाथि प्रश्न उठाएका छन् । बीबीसी

More News last news
Loading...