सुचना टाँसेर संसद बैठक स्थगित

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी भित्र सभामुख पदलाई लिएर तनाव उत्पन्न भएको छ।

लामो समय भैसक्दासम्म सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले सभामुख कसलाई बनाउने भन्ने विषयमा निष्कर्ष निकाल्न सकेको छैन । यसकारण संसद बैठक स्थगित भएको छ।

Advertisement

सूचना टाँस गरी पुस १६ गते सम्मको लागि बैठक स्थगित गरिएको छ। नेकपा भित्रै प्रधानमन्त्री केपी शर्मा ओली र पार्टी अध्यक्ष् पुष्पकमल दाहाल प्रचण्डबीच सो विषयमा सहमत हुन नसकेको बताइएको छ।

बैठक आज दिउँसो १ बजेका लागि तोकिएको थियो । सूचनामा विशेष कारणले बैठक स्थगित भएको उल्लेख गरिएको स्रोतले जानकारी दिइएको छ ।

सभामुख कसलाई बनाउने भन्ने विषयमा नेकपाले टुङ्गयाउन सकेको छैन। जानकारी अनुसार सभामुखका लागि तत्कालीन संविधानसभाका अध्यक्ष सुवास नेम्वाङ र अग्नी सापकोटाको नाम चर्चामा रहेको छ।

More News last news
Loading...