काठमाडौँ । चलचित्र चपली हाइट बाट नेपाली सिने नगरीमा डेब्यु गरेकी बिनिता बराल आमा बनेकी छिन् । हाल अमेरिकामा बसोबास गर्दै आएकी उनले मंगलबार छोरीलाई जन्म दिएकी हुन् ।
नायिका बरालले सामाजिक सञ्जालमार्फत मंगलबार आफूले छोरीको जन्म दिएको उल्लेख गरेकी छिन् । छोरीको तस्बिरसहित उनले सामाजिक सञ्जालमा दैनिकी फेरिएको फन्नी स्टाटस लेखेकी छिन् ।
उनले यसअघि नै गर्भवती भएको र छोरी जन्मिन लागेको सार्वजनिक समेत गरेकी थिइन् । उनले अमेरिकामै बस्दै आएका तिलक पौडेलसँग बिहे गरेकी थिइन् ।
उनले आफ्नो छोरीको नाम काया राखेको समेत जनाएकी छिन् ।

![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
