नर्वेका राजाका पूर्व ज्वाईंले गरे आत्महत्या

एजेन्सी । नर्वेका राजाका पूर्व ज्वाईं एरी ब्यानको ४७ वर्षको उमेरमा आत्महत्या गरेका छन् । थुप्रै उपन्यास र नाटकका लेखक ब्यानले राजकुमारी मार्था लुइससँग सन् २००२ मा विवाह गरेका थिए ।

उनीहरुको दुई वर्षअघि सम्बन्धविच्छेद भएको थियो । नर्वेको एनटीबी एजेन्सीले ब्यानले अत्महत्या गरेको जानकारी दिएको छ । नर्वेका राजा रानीले एक वक्तव्य जारी गर्दै भने, ‘हाम्रो परिवारमा उनको थुप्रै वर्षदेखि महत्वपूर्ण स्थान छ र उनका राम्रा यादहरु सधैं हामीमाझ रहिरहनेछ ।’

Advertisement

उनीहरुको विवाहका बेला डेनमार्कमा जन्मिएका ब्यानलाई राजकुमारी मार्था लुइसका लागि एक विवादास्पद साथीको रुपमा हेरिएको थियो । राजकुमारी मार्था राजा हाराल्ड र रानी सोन्जाकी एकमात्र छोरी हुन् । ब्यानले राजकुमारी मार्थालाई उनको आमामार्फत् भेटेका हुन् ।

उनकी आमा राजकुमारीकी फिजियोथेरापी प्रशिक्षक थिइन् । त्यतिबेला ब्यान उनको किताब ‘स्याड एज हेल’ का लागि चर्चित थिए । उनी त्यतिबेला विवादमा आएका थिए जब उनलाई लागुऔषधको सेवन गरिरहेका यौनकर्मीसँग पार्टी गरिरहेको देखिएको थियो ।

More News last news
Loading...