काठमाडौँ । काठमाडौं उपत्यकाको तापक्रम दिनानु दिन घट्दै गएको छ ।
देशभरमा चिसो बढीरहेको बेला काठमाडौंको तापक्रम आज यो बर्षकै न्यून मापन गरिएको जल तथा मौसम विज्ञान विभागको मौसम पुर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज बिहान काठमाडौंको तापक्रम एक डिग्री सेल्सियस मापन गरिएको छ । जुन यो बर्षकै न्यून मापन हो ।
हिजो बुधबार तीन डिग्री सेल्सियस मापन गरिएको थियो । एक दिनकै अन्तरमा तापक्रम २ डिग्रीले घटेको हो। यतिबेला देशका अन्य भूभागमा पनि तापक्रम घटेको छ। चिसो बढेका कारण बिशेषगरी वृद्ध/वृद्धा र बालबालिका प्रभावित भएका छन् । तराइका कतिपय स्थानमा जाडो छल्न प्रहरीले चोक चोकमा आगो ताप्ने व्यवस्था गरेको छ भने केहि स्थानमा दाउरा वितरण समेत गरेको छ ।
मौसम पूर्वानुमान महाशाखाको अनुसार आज जुम्लाको न्यूनतम तापक्रम सबैभन्दा कम माइनस ६ दशमलव ४ डिग्री सेल्सियस मापन गरिएको छ । त्यसैगरी डडेल्धुरामा २ डिग्री, वीरेन्द्रनगरमा २ दशमलव ७ डिग्री र ताप्लेजुङमा ४ दशमलव ४ डिग्री तापक्रम मापन गरिएको छ।
आज पनि अधिकांश तराई क्षेत्रमा बाक्लो हुस्सु र कुहिरो लाग्ने मौसम पुर्वानुमान महाशाखाले जनाएको छ । त्यसैगरी मध्य, पूर्व र पश्चिमका धेरैजसो पहाडी भू(भागको मौसम आंशिकदेखि सामान्य बदलीसमेत हुने महाशाखाको भनाइ छ ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
