काठमाडौं । बिहीबार लाग्ने सूर्यग्रहका बेला सरकारले सार्वजनिक विदा नदिने भएको छ ।
गृहमन्त्रालय स्रोतका अनुसार विहीबार सार्वजनिक विदा नभएकोले सबै सरकारी कार्यालय तथा संघ संस्था सुचारु हुने छन् ।
केही सामाजिक सञ्जालमा सूर्यग्रहणमा सार्वजनिक विदा हुने भन्ने समाचार राखिएका कारण धेरैमा चासो बढेको थियो ।
बुधबार गृहमन्त्रालयमा बिला दिने बिषयमा छलफल भएको भएपनि अन्तिममा बिदा नदिने निर्णय भएको स्रोतको दाबी छ ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
