काठमाडौं । चर्चित गायक रामकृष्ण ढकाल र उनकी श्रीमती निलम शाह ढकालबीच सम्बन्धविच्छेद (डिभोर्स) भएको छ ।
बुधबार जिल्ला अदालत काठमाडौंमा गायक ढकाल र श्रीमती शाहबीच सम्बन्धविच्छेद भएको हो । ढकालकी श्रीमती शाहले मंगलबार सम्बन्धविच्छेदका लागि निवेदन दिएकी थिइन् ।
उनीहरूबीच सम्बन्धविच्छेद भएपछि छोरी भने आमासँगै बस्ने भएकी छिन्। शाहले ढकालबाट कुनै पनि अंश वा सेवा सुविधा नलिने भएकी छिन्।
यद्यपी, छोरीको लालन पालनमा भने उनीहरूको बराबरी हक लाग्ने आदेश भएको श्रेष्ठले बताए। ढकाल र शाहबीच प्रेम विवाह भएको थियो। चाहेको समयमा रामकृष्णले छोरीलाई भेट्ने पनि सहमति भएको छ ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
