काठमाडौं । सत्ता साझेदार दल समाजवादी पार्टीले सरकारबाट बाहिरिने निर्णय गरेको छ । मंगलबार बसेको पार्टीको शीर्ष तहको बैठकले सरकार छाड्ने निर्णय गरेको हो ।
समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव वर्तमान सरकारमा उपप्रधानमन्त्री तथा कानुन मन्त्रीको जिम्मेवारीमा छन् । यसअघि स्वास्थ्य मन्त्रालयको जिम्मेवारीमा रहेका यादवलाई प्रधानमन्त्री ओलीले मन्त्रालय हेरफेर गरी कानुन मन्त्रालयको जिम्मा दिएका थिए ।
साथै स्वास्थ्य राज्यमन्त्रीको पनि पद खोसिएको थियो । संविधान संशोधनको सहमति सहित समाजवादी पार्टी सरकारमा सहभागी भएको समाजवादीको प्रमुख माग संविधान शंशोधन हालसम्म पुरा भएको छैन् ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
