एजेन्सी । अमेरिकाको भर्जिनियामा भयानक दुर्घटना भएको छ । दुर्घटनामा करिब ५१ जना घाइते भएका छन्। आश्चर्यको कुरा के छ भने दुर्घटनामा करिब ७० कार एकआपसमा ठोक्किएका थिए ।
न्यूयोर्क टाइम्सका अनुसार यार्क काउन्टी, भर्जिनियामा आइतबार बिहान मुख्य राजमार्गमा भएको भयानक दुर्घटनामा ५१ जना घाइते भएका छन् ।
सडकमा कयौँ कारण एकआपसमा ठोक्किएर दुर्घटना भएका थिए । भर्जिनिया स्टेट प्रहरीका अनुसार दुर्घटनामा ७० वटा कारणमा क्षति भएपछि त्यहाँको सडक बन्द गरिएको छ ।
अहिलेसम्म दुर्घटना के कारणले भयो भन्ने बारे खुलेको छैन्। त्यहाँका प्रहरी अधिकारीले दुर्घटनाका बारेमा चेकजाँच गरिरहेका छन्। प्रहरीका अनुसार दुर्घटना हुँदा वर्षाका साथै हिमपातको स्थिती थियो ।
दुर्घटना स्थानीय समय अनुसार आइतबार बिहान ७ः५१ बजे भएको हो । प्रहरीका अनुसार ३५ जना घाइतेलाई विभिन्न अस्पतालमा लगिएको छ। प्रहरीका अनुसार घाइतेको संख्या अहिले ५१ पुगेको छ ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
