गुर्जुधारामा गाडीले ठक्कर दिदाँ बाबुको ज्यान गयो, छोरा घाईते 

काठमाडौँ । थानकोटको गुर्जुधारामा गाडीको ठक्करबाट मोटरसाइकल चालकको घटनास्थलमै मृत्यु भएको छ।

छोरालाई स्कुल छोड्न हिँडेका पर्वत ठुलेपोखरी गाउँपालिका–४ स्थायी घर भई हाल चन्द्रागिरी नगरपालिका–७ थानकोट चेकपोस्ट बस्दै आएका अर्जुन कुमार केसीको बाटोमै ज्यान गएको  हो।

Advertisement

गाडीले प्रदेश ३ ०२००९ प ७६२१ को साइन मोटसाइकललाई ठक्कर दिएको थियो। मोटरसाइकलमा सवार छोरा घाइते भएका छन् । उनको ओम समाज हस्पिटलमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

ठक्कर दिने गाडीको पहिचान हुन नसकेको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार सडकको सीसीटीभी फुटेजका आधारमा सवारीको खोजी भइरहेको छ ।

हिजोमात्रै काठमाडौँको सुकेधारामा बसको ठक्करबाट गोरखा घर भइ धुम्बाराही बस्दै आएकी सृष्टि पन्तको मृत्यु भएको थियो।

More News last news
Loading...