हङकङमा ट्रान्जिट भिषाका लागि काँग्रेस नेता खाणले गराए परराष्ट्रमन्त्रीको ध्यानाकर्षण

काठमाडौं । नेपालीहरुलाई हङकङमा ट्रान्जिट भिषा ब्यबस्था गर्ने बिषयमा नेपाली काँग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाणले परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीलाई ध्यानाकर्षण सहित ज्ञापन पत्र बुझाएका छन् ।

काँग्रेस प्रमुख सचेतक खाणको नेतृत्व टोलीले आज मन्त्रालयमा पुगी नेपालीहरुलाई हङकङमा ट्रान्जिट भिषा ब्यबस्था गर्ने बिषयमा मन्त्री ज्ञवालीलाई पत्रसहित ध्यानाकर्षण गराएको हो । ‘वर्क प्रमिट’ प्राप्त गरी रोजगारीका लागि मकाउमा रहँदै करिब ४ हजार नेपाली युवाहरु काठमाडौं देखि मकाउ जान र मकाउदेखि काठमाडौं आउन हालसम्म सोझो हवाई उडान नभएकोले मकाउमा रोजगारीका लागि पुग्ने र आउने युवाहरुले कठिनाई भोग्नु परिरहेको छ ।

Advertisement

ध्यानआकर्षण टोलीमा नेपाल तरुण दलका पूर्व सचिव एवं नेपाली काँग्रेस महासमिति सदस्य श्री जन्मजय तिमिल्सिना, तरुण दलका कोषाध्यक्ष श्री बिद्धान गुरुङ, नेपाल मकाउ चेम्बर आफ कमर्शका अध्यक्ष श्री सुदर्शन थापा मगर, श्री मनोज गुरुङ, श्री रामकृष्ण श्रेष्ठ लगायतका सहभागी थिए ।

काठमाडौं–हङकङ–मकाउ/मकाउ–हङकङ–काठमाडौं सबै भन्दा पायक र सहज रुटमा रहेको भएपनि उक्त रुट भएर यात्रा गर्नका लागि नेपालीहरुलाई हङकङमा ट्रान्जिट भिषा ब्यबस्था नभएकोले हङकङको ट्रान्जिट भिषा व्यबस्थाका लागि आफूहरुले मन्त्रीको ध्यानाकर्षण गराएको तरुण दलका पूर्व सचिव तिमिल्सिनाले जानकारी दिए ।

भेटमा परराष्ट्र मन्त्री ज्ञवालीले हङकङमा ट्रान्जिट भिषा नहुँदा नेपालीहरुले भोग्नु परेको समस्याका बारेमा आफू गम्भीर रहेको बताउँदै यस बिषयमा तत्काल मन्त्रालयबाट पहल गर्ने प्रतिबद्धता जनाउनुभएको तिमिल्सिनाले बताए ।

More News last news
Loading...