काँग्रेस केन्द्रीय समिति फेरि पनि स्थगित, अर्को बैठक पुस १० गते बस्ने

काठमाडौँ । काँग्रेस केन्द्रीय कार्यसमिति बैठक पुस १० गतेसम्मलाई स्थगित भएको छ । वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका नेताहरु उनकै निबासमा अल्झिएपछि आजको बैठक पनि स्थगित भएको हो ।

काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्माका अनुसार विवाद समाधान उन्मुख देखिएकाले आजको बैठक स्थगित गरिएका जानकारी दिए । उनका अनुसार आगामी बैठक पुस १० गते शुक्रबार दिउँसो १ बजेका लागि बोलाइएको छ । वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षधरले पार्टीको १४ औं महाधिवेशनको कार्यतालिका नआएको भन्दै बैठक बहिष्कार गर्दै आएको थियो ।

Advertisement

कार्यतालिका ल्याउन सभापति शेरबहादुर देउवा सहमत भएपछि विभागदेखि भातृ संस्थामा आफूले माग गरेबमोजिमको स्थान नपाए बैठकमा अनुपस्थित रहने पौडल पक्षको अडानपछि आजको बैठक पनि स्थगित हुने पुगेको छ ।

विभाग गठन र तरुण दलमा सहमति नजिक पुगिएको भनिए पनि नेविसंघभित्रको शक्ति सन्तुलनले विवाद टुंगोमा पुग्न सकेको छैन ।

More News last news
Loading...