एकैरात तीन महिलाको बेडरुम पुगेर बलात्कारको प्रयास

बुटवल । रुकुम (पश्चिम) मा एक युवाले एकै रात तीन महिलाको बेडरुमसम्म पुगेर बलात्कार गर्ने प्रयास गरेका छन् ।

रुकुमको आठबिसकोट नगरपालिका–७ डाँफे टोलमा २२ बर्षीय केशव आरसीले एकै रात ४५ मिनेटको अन्तरालमा तीन छुट्टाछुट्टै घरमा महिलालाई उनीहरुकै बेडरुममा पुगेर बलात्कार प्रयास गरेको आरोपमा प्रहीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिममा पीडित पक्षले दिएको जाहेरीका आधारमा प्रहरीले कार्तिक ३० गते दिउँसो आठबिसकोट नगरपालिका–९, राडीबजारबाट आरोपी आरसीलाई पक्राउ गरेको हो ।

Advertisement

जिल्ला प्रहरी कार्यालयकाका अनुसार तीनै महिलाको जाहेरीका आधारमा आरसीविरुद्ध अदालतमा जवरजस्ती करणी उद्योगको मुद्दा दायर गरिएको छ । प्रहरीका अनुसार कार्तिक २७ गते राति करिब १ बजे उनले एक महिलाको घरको ढोकामा भित्रपट्टीबाट लगाएको आग्लो बाहिरबाटै खोलेर बलात्कार प्रयास गरेको उजुरी दायर भएको छ ।

निज महिलाले प्रतिकार गरेपछि भागेका उनी लगत्तै अर्को घरकी एकल महिलाको कोठामा त्यसैगरी पुगेको बताइन्छ । उनले समेत प्रतिकार गरेपछि भागेका आरसी ४० वर्षीय अर्की महिलाको कोठामा पुगेको प्रहरीको भनाइ छ ।करिब ४५ मिनेटभित्र तीन महिलालाई बलात्कार प्रयास गरेका उनी असफल भएपछि भने गाउँबाट भागेका थिए । प्रहरीसमक्ष उजुरी दर्ता भएपछि उनलाई पक्राउ गरिएको प्रहरीको भनाइ छ ।

More News last news
Loading...