काँग्रेसमा चरम आन्तरिक विवादमा, पार्टी कार्यालयमा बस्नुपर्ने बैठक नेताका घरघरमा

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसमा चरम आन्तरिक विवाद भएपछि नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक बस्दै नबसी स्थगित भएको छ ।

बुधबार दिउँसो १ बजे बैठकको समय निर्धारण गरिएको भएपनि बैठक बस्दै नबसी पुष ४ गतेसम्मका लागि स्थगित भएको छ । महाधिवेशनको कार्यतालिकालाई प्रमुख एजेण्डा बनाउनुपर्ने पौडेल समूहको मागबारे सहमति नजुटेपछि कांग्रेस बैठक लगातार प्रभावित हुँदै आएको थियो ।

Advertisement

पौडेल समूहले लगातार बैठक बहिस्कार गरेपछि कांग्रेसले अर्को बैठक पुष चार गते एक बजेका लागि बोलाएको छ । कृष्णप्रसाद सिटौलाले पनि सोमबार पार्टी सभापति शेरबहादुर देउवासँग तथा मंगलबार वरिष्ठ नेता पौडेल र पौडेल समूहको वार्ता टोलीसँग छुट्टाछुट्टै छलफल गरेका थिए ।

More News last news
Loading...