कोठा तताउन बालेको कोइलाले लियो आमा, छोराको ज्यान

काठमाडौं । कीर्तिपुरमा कोठा तताउन कोइला बालेर सुतेका दुई जनाको ज्यान गएको छ ।

कीर्तिपुर नगरपालिका–८ को पाँगा बसपार्क नजिकै शर्मिला रञ्जितकार र उहाँको दुई महिनाको छोराको ज्यान गएको कीर्तिपुर प्रहरीले जनाएको छ । एउटा साघुँरो कोठामा श्रीमान, श्रीमती र दुई महिनाको छोरा कोइला बालेर सुतेका थिए ।

Advertisement

श्रीमान नवराज रञ्जितकारले बिहान श्रीमती र छोरालाई मृत अवस्थामा फेला पारेपछि प्रहरीलाई खबर गरेका थिए ।

अक्सिजन अभावका कारणका ज्यान गएको हुनसक्ने प्रहरीको भनाइ छ ।

More News last news
Loading...