एजेन्सी । बेलायतमा सत्तारुढ कन्जर्भेटिभ पार्टीले बहुमत ल्याएको छ । ६ सय ५० सिटमध्ये ६ सय ४२ सिटको अन्तिम मतपरिणाम आउँदा ३ सय ५८ सिटमा कन्जर्भेटिभ पार्टी विजयी भएको छ ।
बेलायती संसदमा बहुमत ल्याउन ३ सय २६ सिट आवश्यक पर्छ । अहिलेसम्म लेबर पार्टीले २ सय ३ सिट जितेको छ । यस्तै एसएनपीले ४८ र लेबर डेमोक्र्याट्सले ११ सिट हात पारेको बीबीसीले जनाएको छ । लेबर पार्टीले यो आमचुनावमा पहिले जित्दै आएको ठाउँमा सिट संख्या गुमाएको छ ।
सन् २०१५ र सन् २०१७ मा पनि बेलायतमा चुनाव भएको थियो । त्यस्तै गएको १ सय वर्षमा डिसेम्बर महिनामा भएको यो पहिलो आमचुनाव हो । बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले आफूलाई नयाँ जनादेश प्राप्त भएको बताएका छन् । यो जनादेशबाट युरोपेली युनियनबाट बर्हिगमन हुने ‘ब्रेक्जिट डिल’ लागु गर्ने बेलायतका एकजुट बनाउने प्रतिबद्धता व्यक्त गरेका छन् ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
